पाँचौ झापा गोल्डकपको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र झापा–११ भिड्ने

झापा । पाँचौ झापा गोल्डकपको उपाधिको लागि विभागीय टोली त्रिभुवन आर्मी क्लब र झापा–११ भिड्ने भएका छन् । डोमलाल राजवंशी रंगशालामा जारी प्रतियोगितामा संकटा क्लबमाथि २–० गोल अन्तरको जित निकाल्दै झापा घरेलु मैदानमा पाँचौ पटक फाइनल प्रवेश गरेको हो ।अब झापाले उपाधिको लागि विभागीय टोली त्रिभुवन आर्मीसँग चौथो पटक प्रतिस्पर्धा गर्नेछ ।

यसअघिका ३ संस्करणमा झापालाई आर्मी र एक पटक मनाङले पराजित गर्दै उपाधि रक्षा गरेका थिए ।झापालाई फाइलन प्रवेश गराउन विमल घर्ती मगरले दुवै गोल गरे । खेलको १६ औं मिनेटमा झापाले सुरुवाती अग्रता बनायो । पाँचौँ संस्करणको झापा गोल्डकपको विजेताले नगद १२ लाख ५५ हजार र प्रतियोगिताको मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल, उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगद २१ हजार र उच्च गोलकर्तालाई नगद २५ हजार प्रदान गरिनेछ ।

एन्ड्रियस नियाको पासमा विमलले संकटाका गोलरक्षक रोहित कार्कीलाई जिल्याउँदै जाली चुमाए । पहिलो हाफमा १–० को अग्रता बनाएको झापाले दोश्रो हाफमा थप १ गोल गर्न सफल रह्यो ।

५७ औं मिनेटमा विमलले व्यक्तिगत दोश्रो गोल गरे । विकास मेराग्लियाको क्रस पासमा विमलले गोल गरे । फाइनल प्रवेश गरेसँगै झापाले कम्तीमा ६ लाख ५ हजार सुरक्षित गरेकोछ ।

खेलको म्यान अफ दि म्याच २ गोलकर्ता विमल घर्ती मगर घोषित हुँदै नगद ९ हजार ९ सय ९९ सय रुपैया प्राप्त गरे ।गत फागुन २१ गतेबाट जारी प्रतियोगिताको बिजेता टोलीले १२ लाख ५५ हजार प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us