समाजमा गलत सुचनाले राज गर्यो : नेतृ रामकुमारी झाँक्री

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पोलिटब्यूरो सदस्य तथा विद्यार्थी फाँट इन्चार्ज रामकुमारी झाँक्रीले समाजमा गलत सूचनाले राज गरिरहेकोमा चिन्ता व्यक्त गरेकी छन् ।

बिहिबार राजधानीमा आयोजित “आवाज विहीनहरूको आवाज” बोल्ने सद्गमय रियालिटी सो कार्यक्रमको दोस्रो सिजन घोषणा सभा कार्यक्रममा बोल्दै पूर्व मन्त्री समेत रहेकी नेता झाँक्रीले समाजलाई गलत सूचना दिने मिडियामाथि नियम र नियन्त्रणको खाँचो रहेको भन्दै पपुलारिजमले समाजलाई गलत बाटोमा लैजादै गरेकोप्रति चिन्ता व्यक्त गरीन् ।

उनले भनिन् ‘आज जुन ढंलले समाजलाई गलत सूचना (कन्टेन) ले गाइड गरिरहेको छ, यसलाई सुल्झाउन राणा शासनका विरुद्ध लडेको जस्तै लडाइ लड्नुपर्ने देखिन्छ। चाहिनेभन्दा नचाहिने कुरा समाजलाई दिइरहेका छौँ ।’ झाँक्रीले स्थागत राजनीतिक दलहरूलाई कमजोर देखाएर अफवाह फैलाउन खोजिएकोप्रति विरोध जनाएकी छन् ।

पपुलारिजमका कारण सत्य स्थापित गर्न निक्कै गाह्रो विषय बनिसकेको बताउदै नेता झाँक्रीले बालबालिकाहरूले आजको भ्रमित दुनियाँबाट के कस्तो पाठ सिक्लान् रु भन्दै प्रश्न गरेकी थिईन् । उनले अहिलेको विभिन्न युटुवका नाममा व्यक्तिको चरित्र हत्या गरेर भ्यूज बढाउन लागि परेको आरोप लगाईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us