बक्सिङमा साग रजत विजेता ललिता महर्जन सम्मानित

काठमाडौं । कमला कार्की स्मृति प्रतिष्ठानले बक्सिङ खेलाडी ललिता महर्जनलाई शनिवार नगदसहित सम्मान गरेको छ। प्रतिष्ठानले स्व. कमला कार्कीको नवौं स्मृति दिवसका अवसरमा हरेक वर्षझै प्रतिष्ठानले खेल क्षेत्रका साथै विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने चन्द्रागिरि नगरपालिकामा बसोवास गर्नेलाई सम्मान गर्न आयोजित कार्यक्रममा ललितालाई सम्मान गरेको हो।

ललिता नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदकी रजत विजेता हुन्। घरेलु प्रतियोगितामा नेपाल आर्मीको प्रतिनिधित्व गर्ने ललिता ४८ केजी तौलसमूहकी पदक विजेता हुन्। सागबाहेक ललिताले ३ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन्। ललिता पनि चन्द्रागिरि नगरपालिकाकी बासिन्दा हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us