एकीकृत समाजवादी सिन्धुपाल्चोक जिल्ला कमिटी पार्टी कार्यालयको आजदेखि शुभारम्भ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको सिन्धुपाल्चोक जिल्ला कमिटीले पार्टी कार्यालय शुभारम्भ तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।

नयाँ वर्ष २०७९ को अवसर पारेर पार्टी कार्यालय शुभारम्भ तथा शुभकामना आदानप्रदान गरेको हो । चौताराको वनदेवी मन्दिर नजिकै नेकपा एकीकृत समाजवादीले कार्यालय संचालन सुरु गरेको नेकपा एकीकृत समाजवादीका जिल्ला नेता सीता थापाले जानकारी दिनुभयो ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य सोम सापकोटा, गम्भीरलाल श्रेष्ठ, जिल्ला कमिटी अध्यक्ष नवराज पौडेल, बाग्मती प्रदेश कमिटीका नेताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सिन्धुपाल्चोक जिल्लामा गठबन्धनलाई थप बलियो र विश्वासनीय बनाउँदै एक भएर स्थानीय निर्वाचनमा जाने नेताहरुको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us