माधव नेपाल भन्छन् , संसद छलेर अध्यादेश ल्याएका ओलीसँग संसद्को सामना गर्ने आँट छैन्

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारसँग संसद्को सामना गर्ने आँट नभएको टिप्पणी गरेका छन् ।

ललितपुरमा शनिबार आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले संसद्को सामना गर्ने र छलफल बहसबाट समस्याको समाधान खोज्ने आँट सरकारसँग नरहेको टिप्पणी गरेका हुन् । उनले संसद् छलेर अध्यादेश ल्याएको भन्दै आपत्ति समेत जनाए ।

सरकार एकदलीय शासन उन्मुख भएको समेत आरोप लगाए । अहिले एकदलीय शासन र सोचको सुरुवात भएको भन्दै उनले सबैलाई प्रयोग गर्न खोजको नेता नेपालको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us