भाेलि पुस २९ गते सुदूरपश्चिममा सार्वजनिक बिदा

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले पुस २९ गते सार्वजनिक बिदा दिएको छ।

थारु समुदायको माघी पर्वको अघिल्लो दिन जिताको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ। प्रदेश राजपत्रमा पनि पुस २९ गते जिता पर्व भनेर उल्लेख छ।

पुस अन्तिम दिन थारु समुदायमा बंगुर (जिता) मारेर सामूहिक रूपमा पर्व मनाउने प्रचलन रहेको छ। थारु समुदायमा माघी पर्वलाई नयाँ वर्ष मान्ने प्रचलन छ। सो अवसरमा माघ १ गते भने संघीय सरकारले राष्ट्रिय पर्वको रूपमा नै बिदा दिइँदै आइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us