ठेकेदारसँग मिलेर कमिसन खाएको भन्दै पूर्वइन्जिनियर विरुद्ध ५ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं । करिब ५ करोड रुपियाँ गैरकानुनी रूपमा आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागका पूर्वइन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

२०४६ सालमा सरकारी सेवा प्रवेश गरेका श्रेष्ठ २०७७ असारसम्मको अवधिमा गैरकानुनी रकम आर्जन गरेको आयोगको प्रारम्भिक अनुसन्धान देखाएको छ।

सो अवधिमा उहाँले ११ करोड २५ लाख रुपियाँ आर्जन गरेकोमा १६ करोड १३ लाख रुपियाँको सम्पत्ति भेटिएको आयोगले दाबी गरेको छ। आयोगले उहाँमाथि ४ करोड ८८ लाख रुपियाँ बिगो मागदाबी गरेको हो।

आफूले कमाएको सम्पत्ति पत्नी लक्ष्मीकुमारी, बाबु हरिकुमार श्रेष्ठ र आमा इन्द्रकुमारी श्रेष्ठका साथै छोरा विवेकको नाममा समेत राखेको भन्दै आयोगले उनीहरूलाई पनि प्रतिवादी बनाएको छ।

लामो समय सिँचाइ तथा जल उत्पन्न प्रकोप नियन्त्रणका नाममा निर्माण हुने संरचनामा ठेकेदारहरूसँग मिलेर कमिसन खाएको भन्दै उहाँविरुद्ध उजुरी परेको आयोगले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us