अत्याधिक चिसोका कारण सोलुखुम्बुमा ९३ सामुदायिक विद्यालय बन्द

काठमाडौं । जाडो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुका ९३ वटा सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरिएको छ। चिसोका कारण पठनपाठनमा कठिनाई भएपछि सात स्थानीय तहले जाडो बिदा दिएका हुन्।

शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका सूचना अधिकारी प्रकाण्ड न्यौपानेका अनुसार गत मङ्सिरदेखि विद्यालय क्रमिक रूपमा बन्द हुन थालेका हुन्।

जिल्लामा दुई सय ८९ सामुदायिक विद्यालय छन। तीमध्ये ९३ विद्यालयको पठनपाठन हालका लागि बन्द गरिएका हुन्। आठ स्थानीय तह मध्ये सोताङ गाउँपालिका बाहेक सबै स्थानीय तहले जाडो बिदा दिएको कार्यालयले जनाएको छ।

जिल्लाको माथिल्लो क्षेत्रमा तापक्रम माइनस २० डिग्रीसेल्सियससम्म पुगेको छ भने सल्लेरी क्षेत्रमासमेत तापक्रम माइनसमा झरेको हावापानी मापन केन्द्र सल्लेरीका कर्मचारी नवराज पराजुलीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us