एमाले केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ

काठमाडौँ। नेकपा (एमाले) का केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेका छन् । चेक अनादरसम्बन्धी कसुरमा जाहेरी परेपछि उनलाई सोमबार पक्राउ गरिएको हो।

लेनदेनको विषयलाई लिएर जाहेरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।प्रहरी वृत्त महाराजगन्जमा मल्ल विरुद्ध जाहेरी परेको थियो।

उनीविरूद्ध एमालेकै पुष्पराज पहराईले जाहेरी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us