काठमाडौं । चलचित्र विकास बोर्डले नेपाली फिल्म क्षेत्रमा २० वर्षभन्दा बढी समय काम गरेका ९७ जना फिल्मकर्मीलाई बोर्डमा आयोजित विशेष कार्यक्रमका बीच फिल्मकर्मी परिचयपत्र प्रदान गरेको छ। कार्यक्रममा बोर्डका अध्यक्ष दिनेश डिसी, सदस्य राजु केसी र केएल पीडितले फिल्मकर्मीलाई परिचयपत्र प्रदान गरेका हुन्।
कार्यक्रममा निर्देशक अरुण कुमार प्रधान, इन्द्र गिरी (राजु गिरी), उपेन्द्र तिमिल्सिना, ऋषिराज आचार्य, दीपक तामाङ, देव कुमार नेपाल, प्रद्युम्न मिश्र, पुष्कर घिमिरे, भद्रकाली (नवल) नेपाल, भिम लामा, मधुसुदन भट्टराई, रोशन कुमार श्रेष्ठ, लाख बहादुर तामाङ, वावुसाहेब बलामी, विनय लामा, विनायक तामाङ, विनोद पुडासाई र विश्वमणि घिमिरे, कलाकार अनिता केसी, उमा श्रेष्ठ, कमल योन्जन तामाङ, गोपिलाल तामाङ, टिकाराम रखाल मगर (रोजन), धन बहादुर गुरुङ, नवराज रिजाल, पुण्य (प्रेम) प्रसाद पाण्डे, बसन्तराज रिजाल, रजिना (रेजिना) उप्रेती, राज आचार्य, राजेश्वर (राजकुमार) जोशी, रामेश्वर बुर्लाकोटी, रोहित कार्की, रोहित तामाङ (रुम्बा), लक्ष्मण नेपाल क्षेत्री, लछुमन चौलागाईं, विद्या कार्की, शीतल कालीचरण (केसी), सलोन बस्नेत, सुनिलकुमार पुरी र ज्ञान बहादुर प्रधान, निर्माता शेखर लामा, सुशीलकुमार पोखरेल र सूर्यनाथ भट्ट, लेखक शिव (शिवम्) अधिकारी, संगीतकार विकास चौधरी, नृत्य निर्देशक कविराज गहतराज सुनुवार, दिपेन्द्र तिमल्सिना र लालकृष्ण विश्वकर्मा, नृत्य कलाकार देवराज सापकोटा र रमेश बुढाथोकी, द्वन्द्व निर्देशक अष्टमान महर्जन, पुण्य प्रसाद ओझा, प्रेम आग्री र राजु थापा मगर तथा द्वन्द्व कलाकार अशोक खड्कालाई परिचयपत्र प्रदान गरिएको थियो।
त्यसैगरी प्राविधिकहरू अच्युतप्रसाद गजुरेल, ईश्वर घिमिरे, करण सिंह रसाली, ख्याम बहादुर थापा, खिलनाथ पराजुली, गणेशप्रसाद सापकोटा, गोविन्द (अर्जुन)प्रसाद तिमल्सिना, जीवन कुमार पोखरेल, टेकनाथ पोखरेल (रवि), तारा बहादुर थापा, दिपु पौडेल, होम बहादुर तामाङ, हेम कुमार शाही, हरि बहादुर मगर, हरि बहादुर श्रेष्ठ, सुरेश बज्राचार्य, सीता तामाङ केसी, शेर बहादुर तामाङ, सुवासराज काफ्ले, सुष्माकुमारी पौडेल, रक्षा सिंह ठकुरी, शिव पुरी, शिवप्रसाद चौलागाईं, श्यामकुमार बराल, शंकर पाण्डे, विजय बहादुर चौधरी, रेनिस फागो, रामेश्वर हुमागाईं, राजेश आचार्य, राहुल राई, राजु फुयाल, भोज बहादुर दिलपाली, भद्र बहादुर विश्वकर्मा, निरज कँडेल, नरेशराज खरेल, (सौरभ) धन्दिप योन्जन र नवराज खड्कालाई परिचयपत्र प्रदान गरिएको थियो।
बोर्ड अध्यक्ष डिसीले परिचयपत्र वितरण कार्यक्रम फिल्मकर्मीको पहिचान, सुरक्षा र सम्मान सुनिश्चित गर्न महत्वपूर्ण कदम भएको चर्चा गरे। ‘यो कदमले फिल्मकर्मीको पेशागत परिचयलाई औपचारिक मान्यता दिँदै उनीहरूको अधिकार र सुविधामा सहज पहुँच दिलाउनेछ’ डिसीले भने।