काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति यून सुक युल पक्राउ परेका छन् । राष्ट्रपति पदमै रहेका बेला पक्राउ पर्ने युन पहिलो व्यक्ति हुन् ।
उनीमाथि लागेको महाअभियोगको अहिले छानबिन जारी रहेको छ । मार्सल ल घोषणा गरेपछि उनको चर्को आलोचना भएको थियो ।
उनीविरुद्ध महाअभियोग प्रस्ताव पनि संसदले पारित गरेको थियो ।