भूमिसम्बन्धी अध्यादेश सरकारी जग्गा व्यक्तिलाई दिने प्रपञ्च: भीम रावल, राष्ट्रपतिले लगाए अध्यादेशमा रोक

काठमाडौं । मातृभूमि जागरण अभियानका संयोजक नेता डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशतन्त्रले भूमि, वन र निकुञ्जसम्बन्धी अध्यादेश ल्याएर वन र निकुञ्जको जग्गासमेत व्यक्तिलाई दिनसकिने प्रपञ्च गरेको आरोप लगाएका छन् ।

पञ्चायतकालमा समेत प्राकृतिक सम्पदाको संरक्षणका लागि बनाइएका निकुञ्जको जग्गा व्यक्तिलाई दिन तम्सिनु भूमाफियाको स्वार्थपूर्ति गर्ने खेल भएको हुनसक्ने आशंका व्यक्त गरे ।

उनले भनेका छन्, ‘प्रम केपी ओलीको अध्यादेशतन्त्रले भूमि, वन र निकुञ्जसम्बन्धी अध्यादेश ल्याएर वन र निकुञ्जको जग्गासमेत व्यक्तिलाई दिनसकिने प्रपञ्च गर्दैछ । पञ्चायतकालमा समेत प्राकृतिक सम्पदाको संरक्षणका लागि बनाइएका निकुञ्जको जग्गा व्यक्तिलाई दिन तम्सिनु भूमाफियाको स्वार्थपूर्ति गर्ने खेल हो कि ?’

सरकारले जारी गर्न सिफारिस गरेको भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने बनेको अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले रोकेका छन् । सरकारी जग्गा सुकुमबासीको नाममा वितरण गर्ने र विदेशी लगानी भित्र्याउने भन्दै सरकार जग्गा लिजमा दिने जस्ता केही व्यवस्थाहरू भएकै कारण राष्ट्रपतिले अध्यादेशमा रोक लगाएको बताइएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us