प्रतिपक्षहरुको बैठकको निष्कर्ष : सदन छलेर अध्यादेश ल्याउनु गलत , संसद अधिवेशन चाडैं बोलाउ

काठमाडौं । प्रतिपक्षी दलहरूले संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने निर्णय गरेका छन् ।

नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलहरूको बैठकले संयुक्त वक्तव्य निकालेर दबाब दिने निर्णय गरेको हो ।

नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन मागको तयारी गर्ने निर्णयसमेत बैठकले गरेको नेताहरुले बताएका छन् ।

आज बिहान बसेको बैठकले सदन छलेर अध्यादेश ल्याउनु गलत भएको निष्कर्षसमेत निकालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us