देउवाले बिहिवार बिहानै उपस्थित हुनेगरी बाेलाए सरकारमा सहभागी मन्त्रीहरूलाई बुढानीलकण्ठमा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट मन्त्री भएकाहरूलाई छलफलका लागि बोलाएका छन् ।

सभापति देउवाले आफ्नो पार्टीका मन्त्रीहरूलाई बिहीबार बिहान आफ्नै निवास बुढानीलकण्ठमा छलफलका लागि बोलाएको सभापति देउवाको सचिवालयले जनाएको छ ।

काङ्ग्रेसबाट १० र २ राज्यमन्त्रीसहित १२ जना छन् । सरकारका काम कारबाही, अध्यादेश लगायतका विषयमा असन्तुष्टि बढिरहेका बेला सभापति देउवाले आफ्नो पार्टीका मन्त्रीहरूसँग छलफल गर्न लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us