भूकम्प दैवीप्रकोप होइन, प्राकृतिक प्रक्रिया हो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पलाई जनमानसमा दैवीप्रकोप भनिने गरिएपनि त्यो प्राकृतिक प्रक्रिया भएको बताएका छन् ।
२७ औँ भूकम्प दिवस २०८१ मूल समारोह समितिले बुधबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भूकम्प जाने, आँधी र पातलो हावा चल्ने कुरा दैवीप्रकोप नभएर प्राकृतिक प्रक्रिया भएको बताएका हुन् ।

‘हामीले एउटा गलत शब्द प्रयोग गर्ने गरेका छौ– दैवी प्रकोप भनेर । दैव किन रिसाउँछ ?’, प्रश्न गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यदि हामीले दैवी प्रकोप मान्ने हो भने पशुपतिमा पूजा गर्नुपर्छ, स्वयम्भू, बौद्धनाथतिर पूजाआजा गर्दा हुन्छ । तर यो दैवी प्रकोप होइन । हामीसँग भगवान् रिसाउनुपर्ने कारण के छ ?’

प्रधानमन्त्री ओलीले भूकम्प रोक्न नसकिएपनि त्यसबाट जोगिन सोही किसिमका संरचना बनाउनुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us