पेट्रोल, डिजेल र मटीतेलको मूल्य बढ्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। निगमगले आज राति १ बजेदेखि बढेको मूल्य लागू हुने जनाएको छ।

निगमले जारी गरेको विज्ञप्तिअनुसार पेट्रोलको मूल्य २ रुपैयाँ बढेको छ भने डिजेल र मट्टितेल दुवैमा ३/३ रुपैयाँले बढेको छ।

इण्डियन आयल कर्पोरेशनले यही जनवरी १५ देखि पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यसूची पठाएकाले त्यसैअनुसार भाउ बढाएको निगमले जनाएको छ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १६५ रुपैयाँसम्म पुगेको छ भने डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य १५६ रुपैयाँ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us