काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३० जनाको पीसीआर परीक्षणमा १४ जना र ८७३ जनाको एन्टीजेन परीक्षणमा शुन्य गरी १४ जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै, हाल देशभर ४३८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ४१९ जना होम आइसोलेसनमा रहेका छन् भने १९ जना संस्थागत आइसोलेसनमा रहेका छन्। कोरोनाका बिरामीमध्ये ९ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट ५५ जना निको भएका छन् भने कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ।