शक्तिशाली भनिएको सरकार अदालतमा बहस गर्ने वकिलको सुरक्षा गर्नसमेत असक्षम हो ? भिम रावल

काठमाडौं । पूर्व उपप्रधान एवं गृहमन्त्री डा.भीम रावलले शक्तिशाली भनिएको कांग्रेस–एमाले गठबन्धन सरकार अदालतमा बहस गर्ने वकिलहरुको सुरक्षा गर्नसमेत असक्षम देखिएको टिप्पणी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको विरुद्धमा बहस गरेको भन्दै हिजो (बुधबार) वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात भएको थियो ।

रास्वपाका कार्यकर्ता तथा समर्थकहरुले वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि गरेको भौतिक आक्रमणको खण्डण गर्दै उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथी गरिएको अदालतको प्राङ्गणमा भएको आक्रमण निन्दनीय छ।आक्रमणकारीहरुलाई कानुनको दायरामा ल्याई कारबाही होस्। एमाले, कांग्रेसको शक्तिशाली भनिएको सरकार अदालतमा बहस गर्ने वकिलकोसमेत सुरक्षा गर्न असक्षम भएकै हो त ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us