पार्टी र संगठन बिरुद्ध लाग्ने अध्यक्ष विश्वमणि सुवेदीलाई समाजवादी प्रेस सङ्गठनले गर्‍यो निष्कासन

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले अध्यक्ष विश्वमणि सुवेदीलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । समाजवादी प्रेस सङ्गठनले सुवेदीमाथि चार वटा गम्भीर आरोप लगाएको छ ।

सङ्गठनका वरिष्ठ उपाध्यक्ष नवराज छतकुलीले सुवेदीले लामो समयसम्म सङ्गठनको बैठक नबसाएको, नेपाल पत्रकार महासङ्घको निर्वाचनमा विपक्षी उम्मेदवारलाई सघाएको, आर्थिक हिनामिना गरेको तथा सङ्गठनका विरुद्ध निरन्तर गतिविधि गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको जनाएका छन् ।

यसैबिच सुवेदीसहितका सङ्गठनका नेताहरू आजै एमाले निकट प्रेस चौतारीमा प्रवेश गर्ने तयारीमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us