इरानलाई हराउँदै नेपालको पुरुष टोली पनि खो–खो विश्वकपको फाइनलमा

काठमाडौँ — नेपाली पुरुष टोलीले भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा जारी पहिलो खो–खो विश्वकपको फाइनलमा स्थान सुरक्षित गरेको छ। सेमिफाइनलमा इरानलाई ७२–२० ले पराजित गर्दै नेपालले ऐतिहासिक फाइनल यात्रा तय गरेको हो।

यसअघि, नेपाली महिला टोलीले युगान्डालाई ८९–१८ ले पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ।

नेपाली पुरुष टोलीले समूह चरणमा आयोजक भारतसँग पराजय बेहोरे पनि त्यसपछिका खेलहरूमा पेरु, ब्राजिल, भुटान र बंगलादेशलाई पराजित गर्दै सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो।

नेपालले उपाधिका लागि अब आयोजक भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो सेमिफाइनल विजेतासँग प्रतिस्पर्धा गर्नेछ। नेपाली पुरुष र महिला दुवै टोलीको विश्वकप फाइनल यात्रा नेपालको खेलकुद इतिहासमा पहिलो पटक भएको ऐतिहासिक उपलब्धि हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली टोलीहरूको यस ऐतिहासिक सफलतामा बधाई दिँदै यो क्षणलाई नेपाली खेल इतिहासको गौरवमय अध्यायको रूपमा वर्णन गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us