एमालेद्वारा काठमाडौं महानगरपालिकाको मेयरमा पाँच जनाको नाम सिफारिस

काठमाडौं । नेकपा एमालेले काठमाडौँ महानगरपालिकाको मेयरमा पाँच जनाको नाम सिफारिस गरेको छ ।  काठमाडौँ नगर कमिटीले नगर प्रमुखको उम्मेदवार बन्नका लागि पाँच जनाएको नाम सिफारिस गरेको हो ।

जिल्ला कमिटीले आफूलाई लागेको रायसहित प्रदेश र प्रदेशबाट केन्द्र जाने उहाँले बताउनुभयो । उहाँका अनुसार केन्द्रले तल्ला कमिटीका सुझावका आधारमा निर्णय गर्नेछ । उपप्रमुखको उम्मेदवारका विषयमा भने छलफल जारी रहेको कमिटीले जनाएको छ ।

नगर कमिटीले वर्तमान नगर प्रमुख विद्यासुन्दर शाक्य, पूर्वमन्त्री रामवीर मानन्धर, प्रदेशसभा सदस्य केशव स्थापित, नगर कमिटीका अध्यक्ष निर्मल देउला र जिल्ला कमिटी सदस्य इन्दिरा पन्तको नाम सिफारिस गरेको हो । नगर कमिटीबाट सिफारिस भएपछि सोही आधारमा जिल्लाले सिफारिस गर्ने कमिटीका अध्यक्ष देउलाले जानकारी दिनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *