खो खो विश्वकप फाईनल : नेपाल उपविजेतामै सीमित

काठमाडौं । खो खो विश्वकपको पहिलो संस्करणमा नेपालको पुरुष र महिला टोली फाइनलमा पराजित भएर उपविजेतामै सीमित भएको छ।
आइतबार दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा भएको पुरुष फाइनलमा नेपाल भारतसँग ५४–३६ ले पराजित भयो। नेपाल पहिलो टर्नमा २६–० ले पछि परेको थियो भने दोस्रो टर्नमा नेपालले १८ अंक मात्रै जोड्यो।

तेस्रो टर्नमा भारतले २८ अंक थपेपछि नेपालले जित्न ५५ अंक बनाउने पर्ने भयो। अन्तिम टर्नमा नेपालले ३७ अंक जोड्नु पर्नेमा १८ अंक मात्रै जोड्न सक्यो र १८ अंकले नै पराजित हुन पुग्यो।

यस्तै, महिलातर्फको फाइनलमा पनि नेपाली टोली भारतसँगै पराजित भएर उपविजेता बन्यो। नेपाल भारतसँग ३८ अंकको फराकिलो अन्तरले हारेको थियो । नेपालले ४० अंक जोड्दा भारतले ७८ अंक जोडेको थियो।

पहिलो टर्नमा आक्रमण गर्दै ३४ अंक जोडेको भारतले दोस्रो टर्नमा नेपाललाई २४ अंक मात्र जोड्न दियो। भारतले डिफेन्समा १ अंक पनि थप्यो।

त्यसपछि तेस्रो टर्नमा ४० अंक जोड्दै भारत बलियो स्थितिमा पुग्यो। अन्तिम टर्नमा नेपालले १६ अंक मात्र जोड्दा भारतले ड्रिम रनमा ५ अंक थपेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us