चितवनमा प्रहरीले युवक कुटेको भिडिओ भाइरल : के छ भिडियोमा ?

काठमाडौं । चितवनको भरतपुरस्थित बाइपास रोडमा एक सर्वसाधारणलाई प्रहरीले निर्घात कुटपिट गरेको छ । सडकमा जाँच गर्न क्रममा युवकलाई एक जना प्रहरीले लात्तीले कुटपिट गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

भिडियोमा चेकिङमा खटिएका एक प्रहरीले युवकलाई लात्ताले हानेपछि लडेको र त्यसमाथि थप प्रार गरेको देख्न सकिन्छ। ‘पावर देखाएको’ र ‘फोन गरेको’ भन्दै प्रहरीले बुटले लगातार हिर्काएको भिडियो भाइरल भएको हो। कुटपिटका क्रममा प्रहरीले अपशब्द प्रयोग गर्दै गालीगलौज पनि गरेका छन्।

घटना छानबिनका लागि प्रहरीले डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us