वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गरेको आरोपमा झापाकी एक महिला पक्राउ

काठमाडौँ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। झापाको बुद्धशान्ति गाउँपालिका-४ घर भई काठमाडौँको शान्तिनगर बस्ने ५५ वर्षकी शितल राई भन्ने सीतादेवी राईलाई प्रहरीले पक्राउ गरेको हो।

राईलाई शान्तिनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

यसअघि यो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले अरू दुई जनालाई पक्राउ गरिसकेको छ।

माघ २ गते अदालतमा स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा जाहेरवालाको तर्फबाट बहस गरेर निस्किएका त्रिपाठीमाथि अदालत परिसरमै कुटपिट भएको थियो।

अन्य फरार व्यक्तिहरूको खोजतलास भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिमाथि सिंहदरबार वृत्तले अनुसन्धान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us