हमासले ३ बन्धक छाड्दा इजरायलले गर्‍यो ९० प्यालेस्टिनी रिहा

काठमाडौं । आइतबारदेखि भएको युद्धविरामसँगै हमास र इजरायलले एकअर्काका बन्धक नागरिकलाई रिहा गरेका छन्।

अहिलेसम्म हमासले गाजामा ३ बन्धक रिहा गरेको छ भने इजरायलले ९० प्यालेस्टिनी कैदीलाई मुक्त गरेको छ।

हमासले रिहा गरिएका ९० जनामा ​​६९ महिला र २१ बालबालिका रहेको बताएको छ।

सम्झौताको पहिलो चरणमा इजरायलले १,९०० प्यालेस्टिनी कैदी रिहा गर्नुपर्नेछ। बदलामा हमासले ३३ इजरायली बन्धक छाड्नुपर्ने छ।

यसैबीच पारिवारिक पुनर्मिलनका केही भावुक तस्बिर सार्वजनिक भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us