संसदको हिउँदे अधिवेशन माघ १८ मा बोलाउन सिफारिस

काठमाडौं । सरकारले संघीय संसदको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले माघ १८ गते संघीय संसदको दुवै सदनको बैठक बोलाउन सिफारिस गरेको हो ।

प्रधानमन्त्री ओलीले संसद अधिवेशन बोलाउनेबारे आजै सभामुख देवराज घिमिरेसँग छलफल गरेका थिए । विपक्षी दलहरूले सरकारले अधिवेशन नबोलाएर अध्यादेशबाट शासन गर्न खोजेको भन्दै आलोचना गरिरहेको बेला सरकारले अधिवेशन आह्वान गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us