काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन्।
पौडेलले मंगलबार सामाजिक सञ्जाल एक्समार्फत अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा कार्यभार ग्रहण गरेको उपलक्ष्यमा ट्रम्पलाई बधाईका साथै सफल कार्यकालको शुभकामना दिएका हुन्।
राष्ट्रपति पौडेलले नेपाल र अमेरिकाबीच कायम रहेको सौहार्दपूर्ण सम्बन्ध आउँदा दिनहरूमा अझ प्रगाढ र विस्तार हुँदै जाने विश्वास व्यक्त गरेका छन्।