हर्क साम्पाङको रित्तो गाग्री प्रहरीले खोस्यो

काठमाडौं । रित्तो गाग्री लिएर सिंहदरबार
प्रवेश गर्न खोजेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको गाग्री खोसिएको छ। रित्तो गाग्रीसहित सिंहदरबार छिर्न खोजेका मेयर साम्पाङलाई प्रहरीले रोकेर गाग्री नियन्त्रणमा लिएको हो।

उनलाई भने खाली सिंहदरबार प्रवेश गर्न दिइएको छ। धरानको खानेपानी समस्या समाधान गर्न संघीय सरकारले ध्यान नदिएको भन्दै उनी धरानबाटै रित्तो गाग्री लिएर सोमबार काठमाडौं आएका थिए।

खानेपानी मन्त्रालयमा पुगेर मन्त्रीलाई त्यसबारे ध्यानाकर्षण गराउने उनको योजना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us