काठमाडौं । अछामका १ हजार ८६ जनाले नेकपा एमाले परित्याग गरेका छन् ।
एमालेबाट निष्कासित नेता डा.भीम रावलको मातृभूमि जागरण अभियानमा सहभागी हुन उनीहरुले एमाले परित्याग गरेका हुन ।
अछामबाट नेकपा एमालेका विभिन्न विभाग तथा कमिटीमा रहेका नेताहरूले पार्टी परित्याग गरेर डा.रावललाई सघाउने भएका हुन् ।
एमाले प्रदेश कमिटी तथा विभागीय सदस्य रहेका ७, केन्द्रीय विभागका २, जिल्ला कमिटी सचिवालय सदस्य ५, जना नेता कार्यकर्ता रावलको पक्षमा उभिएका छन् । एमालेबाहेक अन्य पार्टीबाट ५ जनासहित एक हजार ८६ जना रावललाई समर्थन गर्न पुगेका छन् ।