राजेन्द्र महतोको दलले निर्वाचन आयोगबाट पायो मान्यता , चुनाव चिन्ह ग्याल सिलिण्डर

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी, नेपालले निर्वाचन आयोगबाट मान्यता पाएको छ । राजेन्द्र महतोको अध्यक्ष रहेको सो पार्टीलाई मंगलबार आयोगले दल दर्ता प्रमाणपत्र दिएको हो ।

पछिल्लो पटक राष्ट्रिय मुक्ति क्रान्ति गठन गर्दै महतोले अभियान चलाएका थिए । सोही अभियानलाई राष्ट्रिय मुक्ति पार्टी नेपाल नामको पार्टी दर्ताका लागि उनले आयोगमा निवेदन दिएका थिए ।

आयोगले उक्त दललाई ग्यास सिलिण्डर चुनाव चिन्ह प्रदान गरेको छ ।

काठमाडौं महानगरपालिका–१० शंखमुलमा केन्द्रीय कार्यालय रहनेगरी आयोगले दल दर्ताको प्रमाणपत्र दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us