एकअर्काको अस्तित्व स्वीकारेर अघि बढ्नुपर्छ: मन्त्री झाँक्री

काठमाडाैं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले गठबन्धन दलले एकअर्काको अस्तित्व स्वीकार गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकको पाँचखालमा आज (शुक्रवार) नेकपा (एकीकृत समाजवादी) पार्टीको पाँचखाल नगरस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले राजनीतिक स्थायित्व, सुशासन र विकासका लागि गठबन्ध भएको हुनाले एकले अर्काको अस्तित्वलाई स्वीकार गरेर अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो ।

“सबैसँग एकअर्कामा सहकार्य, सहअस्तित्वलाई स्वीकार गरेर अगाडि बढ्न गठबन्धन गरेका हौँ”, उहाँले भन्नुभयो, “एक्लै हिँड्छु भनेर हिँड्यौ भने हामी कहीँ पुग्दैनौँ, हामी सँगसँगै हिँड्यौँ भने लक्ष्य हासिल गर्न सकिन्छ ।” मन्त्री झाँक्रीले पार्टीको नेता तथा कार्यकर्तालाई पनि त्यहीँअनुसारले काम गर्न आग्रह गर्नुभयो ।

यसअघिको सरकार र पार्टीको नेतृत्व गर्नेले अरुको अस्तित्वलाई स्वीकार नगरेका कारण विद्रोह गर्नुपरेको बताउँदै उहाँले अहिलेको गठबन्धनले त्यस्ताखाले अवस्थाबाट छुटकारा दिलाउनको लागि स्थानीय तहको निर्वाचनदेखि प्रदेश र सङ्घ सरकारको निर्वाचन गरेर मुलुकलाई समृद्धि बनाउने दिशामा अगाडि बढ्न गठबन्धन बनेको उहाँको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us