हर्क साम्पाङसंग खानेपानी मन्त्रीले भने : धरानको समस्या समाधान हुन्छ , खुशी भएर फर्किनुहोस्

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले धरानवासीको खानेपानी समस्या समाधानका लागि यसै वर्षभित्र टेण्डर आह्वान गर्ने प्रतिबद्धता जनाएका छन् ।

खानेपानी समस्या समाधानका लागि संघीय सरकारलाई झक्झक्याउन सिंहदरबार छिरेका धरान उपमहानगरपालिका प्रमुख हर्कराज राईसँगको भेटवार्तामा उनले एकीकृत खानेपानी आयोजनाअन्तर्गत एसियाली विकास बैंकको ऋण सहयोगमा धरानको समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका हुन् ।

मेयर साम्पाङ र मन्त्री यादवको भेटवार्तामा खानेपानी समस्या समाधानका लागि आवश्यक जग्गा प्राप्तिको जिम्मा धरान उप–महानगरपालिकाले लिने र मन्त्रालयले ठेक्का लगाइदिने प्रतिवद्धता जाहेर भएको छ । ‘मैले धरानवासीप्रति सधैँ सकारात्मक रहेको र खानेपानीको समस्या समाधानका लागि एकीकृत खानेपानी आयोजना अन्तर्गत एसियाली विकास बैंक को ऋण सहयोगमा यस वर्षभित्र खानेपानी सम्बन्धी टेण्डर आह्वान गर्ने प्रतिबद्धता व्यक्त गरेको छु,’– मन्त्री यादवले भनेका छन् ।

मन्त्री यादवले आफूले खानेपानी व्यवस्थापनका लागि टेण्डर आह्वान गरिएको सूचनासहितको पत्र धरानवासीलाई लिएर जाने प्रतिवद्धता व्यक्त गरेको पनि बताएका छन् । आफूले नगरप्रमुख साम्पाङलाई खानेपानी योजनाका लागि अन्यत्र नजान र खुशी साथ धरान फर्कन भनेको उनले उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us