समाजवादी प्रेस संगठन डडेल्धुराको अध्यक्षमा शेरबहादुर भण्डारी

काठमाडौँ। समाजवादी प्रेस संगठन नेपाल, डडेल्धुराको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ। मंगलबार सम्पन्न जिल्ला अधिवेशनले शेरबहादुर भण्डारीलाई अध्यक्ष चयन गरेको छ।
त्यस्तै संगठनको उपाध्यक्षमा टिकाराम साउद र भरत चुनारा, सचिवमा भक्तबहादुर गाहा चयन भएका छन्। 
संगठनको सहसचिवमा निर्मला विश्वकर्मा र सहसचिव पार्वती बोहरा, कोषाध्यक्षमा टिकेश्वरी थापालाई चयन गरिएको छ।

त्यस्तै सदस्यमा विमल प्रसाद बोहरा, ललिता रावल, कमला शाही, मनिष बिसी, गोमती बोहरा, पूजा भण्डारी, सुनिता पार्की, भावना थापा मगर, लक्ष्मी भट्ट, मेनुका साउद, अमृत बोहरा र माधवी जोशी रहेका छन् ।

 नेपाल पत्रकार महासंघ, शाखा डलेल्धुराका सभापति हिक्मत सिंह ठकुरीको प्रमुख आतिथ्यता सम्पन्न भएको अधिवेशनमा नेकपा (एकीकृत समाजवादी) डलेल्धुराका इन्चार्ज तथा केन्द्रीय सदस्य नरबहादुर बिष्ट र संगठनका केन्द्रीय सल्लाहकार एवं नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य उत्तर बिष्टको विशिष्ट आतिथ्यता रहेको थियो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us