यू–१९ महिला विश्वकपमा आज अस्ट्रेलियासँग भिड्दै नेपाल

काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकपमा नेपालले आज अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै छ। दुई टोलीबीचको खेल मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा आज दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि सुरु हुनेछ।

अस्ट्रेलियासँग नेपाल आज तेस्रो खेल खेल्न लागेको हो । यसअघिको दुवै खेलमा नेपालले पराजय भोग्नु परेको थियो।

नेपाल पहिलो खेलमा बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो। नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ।

समूह ‘डी’ को शीर्षस्थानमा रहेको अस्ट्रेलियाले दुई खेलबाट ४ अङ्क जोडेको छ । बङ्गलादेश र स्कटल्यान्डको समान दुई अङ्क रहँदा नेपाल भने अङ्कविहीन छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us