छैटौँ संस्करणको ‘कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’ माघ १७ बाट

काठमाडौं । ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’को छैटौँ संस्करण काठमाडौँमा माघ १७ गतेबाट माघ १९ गतेसम्म हुने भएको छ। महोत्सवमा नेपाल सहित ४७ देशका ९८ वटा चलचित्रहरू देखाइने छन्।

महोत्सवमा चलचित्र प्रदर्शनसँगै चलचित्रको विषयमा अन्तरक्रिया, मास्टर क्लास, कार्यशालाका साथै कला प्रदर्शनीसमेत रहेको छ। चलचित्रको उद्घाटन समारोह काठमाडौंको दरबारमार्ग स्थित क्युएफएक्स सिनेमा राईजिङ मल आयोजना गरिनेछ।

उद्घाटन पछि सोही चलचित्र हलमा दुई दिनसम्म नियमित रूपमा चलचित्र प्रदर्शनीका साथै चलचित्रका विविध विषयमा छलफल एवम् अन्तरक्रिया गरिनेछ। त्यसपछि चलचित्र विकास बोर्डमा तीन दिनसम्म चलचित्र प्रदर्शनी, मास्टर क्लास, र कला प्रदर्शनी आयोजनासहित बोर्डमै महोत्सवको समापन समारोह गरिनेछ।

महोत्सवमा चयन भएका चलचित्रहरूले उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, छायाकार लगायत उत्कृष्ट लघु चलचित्र, वृत्तचित्र, एनिमेटेड चलचित्र, महिला चलचित्र, बालबालिका चलचित्र, मानव अधिकारका चलचित्र जस्ता विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन्।

यी विभिन्न विधामा सर्वोत्कृष्ट भएका चलचित्र तथा कलाकार प्राविधिकलाई महोत्सवको समापन समारोहमा अवार्ड प्रदान गरिनेछ। विभिन्न फरक फरक विधाका उत्कृष्ट १५ ओटा राष्ट्रिय तथा १५ ओटा अन्तर्राष्ट्रिय गरी ३० चलचित्रहरूलाई पुरस्कृत गरिनेछ। साथै चलचित्र क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरुलाई सम्मान गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us