६ महिनामा नेपालमा भित्रियो साढे १२ करोड बढिको पुरुष कण्डम

काठमाडौं – चालु आर्थिक वर्षको ६ महिनामा पुरुषले प्रयोग गर्ने गर्भनिरोधक साधन कण्डम साढे १२ करोड बढि रुपैयाँ बराबर नेपाल भित्रिएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १२ करोड ६२ लाख ५८ हजार रुपैयाँको १ करोड ७७ लाख ४० हजार २४९ थान पुरुष गर्भनिरोधक साधन नेपाल भित्रिएको हो ।

सरकारले कण्डमको आयातमा भन्सार महसुल लिने गरेको छैन । विभागको तथ्यांकअनुसार पौने २ करोड थान कण्डम आयात गर्दा सरकारले ४ हजार रुपैयाँ मात्रै भन्सार राजस्व आम्दानी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us