अत्यधिक चिसोको कारण गौरका सामुदायिक विद्यालयहरू थप ३ दिन बन्द

रौतहट । रौतहटको सदरमुकाम गौर स्थित सम्पूर्ण सामुदायिक विद्यालयहरूमा थप ३ दिन बन्द हुने भएको छ। गौर नगरपालिकाले नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई माघ ८ गते मंगलवार देखि माघ ११ गते शुक्रवारसम्म जाडो बिदा गर्न निर्देशन दिएको हो।

पछिल्लो केही दिन देखि बढेको अत्यधिक चिसोको कारण विद्यालयमा पठनपाठनमा कठिनाइ हुने तथा विद्यार्थीहरूको स्वास्थ्यमा असर पर्ने हुँदा बिदा दिइएको नगर शिक्षा संयोजक उत्तम कुमार उपाध्यायद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

पछिल्लो केही दिन देखि बिहानै देखि चल्ने सितलहर संगै दिनभरी हुस्सु लाग्ने र घाम समेत नलागेर बढेको अत्यधिक चिसोको कारण रौतहटसँगै सिङ्गो मधेस प्रदेशको जनजीवन प्रभावित बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us