काठमाडौं । ख्यातिप्राप्त हास्य व्यङ्ग्यकार तथा गायक मदनकृष्ण श्रेष्ठद्वारा स्वरबद्ध गीत फूलहरूको माझमा पनि भिडियोसहित हालै सार्वजनिक गरिएको छ।
सार्वजनिक युगल गीतमा मदनकृष्णलाई स्वरमा गायिका सरिता शाहीले साथ दिएकी छन्। सञ्जय खड्गीको संगीतमा तयार भएको गीतको भिडियो साजनमान श्रेष्ठले निर्देशन गरेका छन्।
गीतकार बागमती भाईको सभापतित्वमा नेवाः साधना कला केन्द्रद्वारा आयोजित भिडियो सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभाकी उप सभामुख इन्दिरा राना मगरले आफू राष्ट्रको उच्च प्रशासनिक पदमा रहे पनि गीत संगीत र कला क्षेत्रप्रति सदैव नतमस्तक रहेको जनाइन्।
कार्यक्रममा पत्रकार विजयरत्न तुलाधरले समीक्षात्मक मन्तव्य र भाषाविद् पौभा सायमीले शुभकामना मन्तव्य राखेका थिए ।