काठमाडौं । अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षमा ६ जनाको उम्मेदवारी परेको छ। अखिलको नयाँ नेतृत्वका लागि मंगलबार गरिएको मनोनयनका क्रममा अध्यक्षका लागि सुदिन पौडेल, उपदेश यादव, हेमन्त राई, विजय प्रकाश सापकोटा, योगेन्द्र बुढा र विश्वमणि थापाले उम्मेदवारी दिएका हुन्।
त्यस्तै उपाध्यक्षमा समीर बुढाथोकी र सञ्जीव चौधरीसहित ११ जनाले र महासचिवमा ८ र कोषाध्यक्षमा दुई जनाले उम्मेदवारी दिएका छन्। सर्भर डाउन भएका कारण निर्वाचन समितिले आधिकारीक रुपमा अहिलेसम्म उम्मेदवारको सार्वजनिक गरेको छैन ।
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा अखिल क्रान्तिकारीका पदाधिकारीबारे सहमति नजुटेपछि चुनाव हुन लागेको हो।
अखिल क्रान्तिकारीमा ३३ पदाधिकारीसहित दुई सय ४३ सदस्यीय कमिटीका लागि माघ १२ गते निर्वाचन हुँदैछ।