ओली सरकार बिचौलियाको इसारामा चलेको पुष्टि भयो : भीम रावल

काठमाडौं । मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले केपी शर्मा ओली नेतृत्वको सरकार बिचौलियाको इसारामा चलेको आरोप लगाएका छन् ।

सरकार जनताको पक्षमा नभई नाफाखोर र बिचौलियाको इसारामा चल्छ भन्ने तथ्य वस्तुमा २० प्रतिशत बढी नाफा लिन नपाइने कानून अध्यादेशद्वारा हटाएर सिमेण्टको मूल्य दोब्बर बढाइएबाटै फेरि पुष्टि भएको बताए ।

उनले भनेका छन्, ‘केपी नेतृत्वको सरकार जनताको पक्षमा नभई नाफाखोर र बिचौलियाको इसारामा चल्छ भन्ने तथ्य वस्तुमा २० प्रतिशत बढी नाफा लिन नपाइने कानून अध्यादेशद्वारा हटाएर सिमेन्टको मूल्य दोब्बर बढाइएबाट फेरि पुष्टि भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us