गुल्मीमा बसबाट खस्दा एक यात्रुको मृत्यु

गुल्मी – गुल्मीको तम्घास-छल्दी-सिमलटारी सडकखण्डअन्तर्गत धनार्जीमा बस भाडाको विषयमा भएको झगडाका कारण बसबाट खसेर एक यात्रुको मृत्यु भएको छ। लु १ ख ५७३६ नम्बरको बसमा सवार इस्मा गाउँपालिका–५, रातामाटाकी ३९ वर्षीया शान्ती कुमालको उपचारका क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिएका छन्।

प्रहरीका अनुसार, शान्ती कुमाल बसबाट ओर्लिएपछि भाडा तिर्ने क्रममा विवाद भएको थियो। सामान्य विवादले झगडाको रुप लिँदा चलिरहेको बसको ढोकामा झुन्डिएकी उनी सडकमा खसेकी थिइन्। सडकमा गम्भीर घाइते भएकी उनलाई तत्कालै गुल्मी अस्पताल, तम्घास ल्याइए पनि अस्पतालले मृत घोषणा गरेको थियो।

यस घटनामा बस चालक र सहचालकको भूमिकाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गुल्मी प्रहरीले यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिन र यस्ता घटना नदोहरिन आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us