पासवर्डबिनै फ्री WiFi कसरी प्रयोग गर्ने?

पासवर्डबिनै फ्री WiFi कसरी प्रयोग गर्ने? यहाँ छ समाधान!

आजकल इन्टरनेट जीवनको अभिन्न हिस्सा बनिसकेको छ। तर, 4G वा 5G सेवा दर्ता गर्दा हुने खर्चले धेरैलाई आर्थिक भार बोकाउँछ। यस्तो अवस्थामा, पासवर्ड नथाहा पाईकन फ्री WiFi नेटवर्क प्रयोग गर्न सक्ने एउटा उपाय उपयोगी हुन सक्छ।

WiFi Master एप प्रयोग गरेर फ्री WiFi कसरी कनेक्ट गर्ने?

WiFi Master एउटा एप हो, जसको सहयोगले पासवर्ड नथाहा पाईकन फ्री WiFi नेटवर्कमा सजिलै कनेक्ट हुन सकिन्छ। प्रक्रिया निकै सरल छ:

Step 1:
WiFi Master एप डाउनलोड गर्नुहोस्।

Step 2:
एप खोल्नुहोस्, आवश्यक अनुमतिहरू दिनुहोस्, र WiFi Master Key सक्रिय गर्नुहोस्।

Step 3:

  • iPhone प्रयोगकर्ताहरूका लागि:
    सेटिङ्स खोल्नुहोस्, WiFi विकल्प चयन गर्नुहोस्। फ्री WiFi नेटवर्कहरूमा “WiFi Master Key Free Connection” लेखिएको नेटवर्क कनेक्ट गर्नुहोस्।
  • Android प्रयोगकर्ताहरूका लागि:
    WiFi Master एप खोल्नुहोस्, “Get more free wifi” बटन क्लिक गर्नुहोस्। उपलब्ध फ्री WiFi नेटवर्कहरूको सूचीमा पहुँच गर्न सक्नुहुन्छ। तीमध्ये सुरक्षा र सिग्नल बलियो भएको नेटवर्क छनोट गरेर कनेक्ट गर्नुहोस्।

पासवर्डबिनै WiFi पत्ता लगाउने तरिका

सबै WiFi नेटवर्कमा पासवर्ड सेट गरिएको हुँदैन। यस्तो अवस्थामा तपाईंको फोनको WiFi खोजी फिचरले फ्री WiFi पत्ता लगाउन मद्दत गर्न सक्छ।

Step 1:
फोनको सेटिङ्समा जानुहोस् र WiFi विकल्प खोल्नुहोस्।

Step 2:
“Unsecured” वा “Open” स्टाटस भएका WiFi नेटवर्कसँग कनेक्ट गर्नुहोस्।


Facebook को Find Wi-Fi फिचर प्रयोग गर्ने तरिका

Facebook को “Find Wi-Fi” फिचरले तपाईंको वरपर रहेका WiFi नेटवर्कहरू सजिलै पत्ता लगाउन मद्दत गर्छ।

Step 1:
Facebook एप खोल्नुहोस्। स्क्रिनको माथिल्लो कुनामा रहेको तीन ड्यास बटनमा क्लिक गर्नुहोस्।

Step 2:
“Settings & Privacy” मा जानुहोस् र “Find Wi-Fi” चयन गर्नुहोस्। तपाईंको वरपर रहेका WiFi नेटवर्कहरूको नक्सा देखिनेछ।

Step 3:
तपाईं आफ्नो स्थान नजिकका स्टोर र व्यवसायको WiFi नेटवर्कमा कनेक्ट हुन सक्नुहुन्छ। चाहेको खण्डमा, स्टोरमा गएर किनमेल गर्न सक्नुहुन्छ।


सावधानी अपनाउनुपर्ने विषय

  • सार्वजनिक WiFi नेटवर्क प्रयोग गर्दा डाटा सुरक्षामा ध्यान दिनुहोस्।
  • असुरक्षित WiFi नेटवर्कमा महत्वपूर्ण जानकारी प्रविष्ट नगर्नुहोस्।

यो जानकारी तपाईंको दैनिक इन्टरनेट आवश्यकतामा सहयोगी हुनसक्छ। WiFi Master एप र अन्य फिचरहरूको प्रयोगले तपाईंलाई सजिलो बनाउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us