सुनको मूल्यमा लगातार वृद्धि

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । गत साता अर्थात शुक्रबार प्रतितोलामा ६०० रुपैंयाले बढेको सुनको मूल्य आज पनि तोलामा २०० रुपैंयाले बढेको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

शुक्रबार तोलाको १ लाख २ हजार ६०० रुपैंया रहेको सुनको मूल्य २०० रुपैंयाले बढेर प्रतितोलाको १ लाख २ हजार ८०० रुपैंया पुगेको महासंघले जनाएको हो ।

तेजावीको सुनको मूल्य १ लाख २ हजार ३०० रुपैंया रहेको छ । यस्तै,महासंघका अनुसार चाँदीको मूल्य पनि प्रतितोलामा १० रुपैंयाले वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ४२५ रुपैंया कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us