झण्झटिलो सरकारी प्रकृयाका कारण मधेसका किसान मार्कामा, खेतमा हाल्नुपर्ने मल गोदाममै थन्कियो

सिराहा । लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडको गोदाममा रासायनिक मल मौज्दात हुँदा पनि यहाँका किसानले मल पाएका छैनन् । मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट स्थानीय तहलाई वितरण गर्ने मलको सङ्ख्या एकीन नगर्दा किसानले मल नपाएका हुन् ।

कृषि सामग्री कम्पनी लिमिटेड लहान शाखाका अनुसार मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट स्थानीय तहलाई वितरण गर्ने मलको सङ्ख्या एकीन नगर्दा रासायनिक मल वितरणमा ढिलाइ भएको हो । प्रदेश सरकारबाट जग्गा क्षेत्रफलको अनुसार सम्बन्धित मन्त्रालयले स्थानीय तहलाई मल वितरण गर्ने रासायनिक मलको मात्रा लेखी पठाउनुपर्ने हुन्छ, मन्त्रालयबाट पत्र आउन ढिला भएको कारण समस्या परेको हो । पत्र प्राप्त हुनासाथ मल वितरणको प्रक्रिया अगाडि बढ्ने शाखाले जनाएको छ ।

लहानस्थित कृषि सामग्री कम्पनीले कोशी प्रदेशका खोटाङ, ओखलढुङ्गा, सोलु र मधेश प्रदेशको सिरहामा रासायनिक मल वितरण आएको छ ।

प्रक्रियागत त्रुटीका कारण गहुँमा रासायनिक मल हाल्ने ‘पिक’ समय हुँदासमेत कृषकले मल पाएका छैनन् तर सामग्री कम्पनीको गोदाममा हाल पाँच सय मेट्रिक टन डिएपी र सात सय मेट्रिक टन युरिया मल मौज्दात रहेको कार्यालयले जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us