मुख्य सडकमा खाल्डै खाल्डा , दुर्घटनाको जोखिम

गोरखा । गोरखाको सदरमुकामको मुख्य क्षेत्र हरमटारी चोकदेखि अस्पताल चोकसम्म ठुलठुला खाल्डोका कारण दुर्घटनाको जोखिम बढ्दै गएको छ । निकै लामो समयदेखि मुख्य सडकमा ठुला खाल्डो हुँदा पनि मर्मतका लागि सम्बन्धित निकायले ध्यान नदिँदा दुर्घटनाको जोखिम बढ्दै गएको हो ।

गोरखाको सदरमुकामको मुख्य क्षेत्र रहेको गोरखा नगरपालिका–६ मा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत, जिल्ला अस्पताललगायतका सरकारी कार्यालय हुँदा सबैभन्दा बढी व्यस्त सडकमा खाल्टाखुल्टीका कारण दुर्घटना निम्तिने सम्भावना भएको स्थानीय बताउँछन् ।

अहिले गोरखाको एक मात्र सरकारी अस्पताल बिरामीलाई लैजाने मुख्य सडक मर्मतसम्भार नहुँदा एम्बुलेन्सलाई समेत यात्रा गर्न असहज भएको गोरखा अस्पतालका एम्बुलेन्स चालकहरु बताउँछन् । साँघुरो सडक तथा सडक ठुलठुला खाल्डो भएकाले सवारीसाधन चलाउन र पैदलयात्रीलाई बचाउनुपर्ने हुँदा दुर्घटनाको जोखिम बढी हुने गरेको गुनासो छ। यही सडक भएर गोरखा सदरमुकाम हुँदै भीमसेन थापा गाउँपालिका, सहिद लखन गाउँपालिका, आरुघाट गाउँपालिका र धार्चे गाउँपालिकामा पुग्ने सवारीसाधन छुट्ने गरेका छन् । सदरमुकामको मुख्य सडकमा लामो समयदेखि खाडल मर्मतसम्भार नहुनु दुःखद भएको घ्याम्पेसाल चोकका स्थानीय बताउँछन् । हरमटारी चोकदेखि घ्याम्पेसाल चोक हुँदै अस्पताल चोकसम्मै खाल्टैखाल्टा भएकाले मोटरसाइकल चलाउनसमेत जोखिम रहेको छ ।

मुख्य चोकमै कम्तीमा खाल्टाखुल्टीका कारण १५ देखि २० मिनेट सवारीसाधन रोकिएर जानुपर्ने बाध्यता छ ।
गोरखा नगरपालिका–६ का वडाध्यक्ष दिलीपकुमार जोशीले उक्त सडकखण्डलाई कालोपत्रे गर्न गोरखा नगरपालिकासँग छलफल भइरहेको जानकारी दिए  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us