वामदेव भन्छन्- एमालेले मलाई गम्भीर रूपमा लिएन, यता न उताको भएँ

नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले आफूलाई नेकपा (एमाले)ले गम्भीर रूपमा नलिएको दुखेसो पोखेका छन्।
शुक्रबार (आज) नागरिकसँगको संवादका क्रममा उनले भने, ‘एमालेले सहकार्य र एकता गर्ने भन्यो तर, अहिले केही छैन। एमालेले मलाई गम्भीर रूपमा लिएन।’
उनले आफू ‘यता न उता’को भएको पनि बताए। ‘अहिले आएर यता न उता भइयो, सहकार्य र एकता हुने कुरामा एमाले गम्भीर देखिएन। अब के गर्ने भन्नेबारे सोच्दैछु, छलफल गर्दैछु,’ उनले भने।
यसअघि नेकपा (एकीकृत समाजवादी)सँग एकता गर्नका लागि तम्तयार रहेका गौतम एमालेले ‘ग्रीन सिग्नल’ दिएपछि रोकिएर उसैसँग संवाद थालेका थिए। त्यहीअन्तर्गत गत माघ ५ गते उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए।
यसपछि गौतमकै आग्रहअनुसार माघ ८ गते पार्टीको सचिवालय बैठक आह्वान गरेका ओलीले पार्टीमा गौतम पुन: समाहित हुनेबारे प्रस्ताव राखे। त्यस सम्बन्धमा नेताहरूबाट मिश्रित प्रतिक्रिया प्राप्त भयो। तर, बहुमत नेताहरूले गौतमलाई पार्टीमा ल्याउन नहुने धारणा राखेका थिए।
यसपछि यो विषय यतिकै फासफुस भयो। यसले गौतमलाई भने झट्का दियो। एकीकृत समाजवादीसँग ठीकठाकसँग एकता प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा उनले एमालेले अमल्यायो मात्रै। अहिले आएर उनी ‘पेन्डुलम’ बने। यो कुरा उनी स्वयम् स्वीकार्छन्। उनले भनेका छन्, ‘यता न उताको भइयो। एमालेले अलमल्यायो।’

नागरिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us