शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल ९१ औं वर्षमा प्रवेश
काठमाडौँ। शहीद शुक्रराजले जनताका पक्षमा बोलका कारण आजकै दिन ९१ वर्ष पहिला सरकारले मृत्यु दण्ड दिएको थियो । उनलाई मृत्यु दण्ड दिएकै दिन खुलेको यो सरुवारोग अस्पतालको नाम शहीद शुक्रराजकै नाममा संचालनमा छ र उनलाई भगवानका रुपमा सम्झनुपर्छ ।
शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको ९१ औँ वार्षिकोत्सवका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मनतब्य राख्ने क्रममा उक्त भनाई राखेका हुन् ।
‘स्वास्थ्य क्षेत्र र नीजामति क्षेत्र फरक भएकाले स्वास्थ्य सेवा ऐनको छुट्टै ड्राफ बनाएका छौँ । हालको अवस्थामा सरुवारोगको विशिष्टिकृत अस्पताल टेकुले सरकारले थप लगानी गर्न नसकेको अवस्थामा पनि सेवालाई उत्कृष्ट बनाउँनुपर्छ । “अस्पताल विकास र कर्मचारी, चिकित्सकको बिषयमा मैले मात्र चाहेर हुन्न म केही समयको मन्त्री हुँ । मन्त्रीका हिसाबले जानकार छु । स्वस्थ नागरिक नभएको देश धनी हुँदैन । केही गरौँ भन्ने हुटहुटी छ। तर, गर्न सक्ने अवस्था छैन,” मन्त्री पौडेलले भने ।’
यो अस्पताल विक्रम संवत १९९० सालमा भुकम्पपछि हैजाले आक्रान्त बनाएको बेला स्थापित भएको र आज १ सय बेडमा सरुवारोग अस्पतालका रुपमा संचालित छ । जसमा ६६ बेड निःशुल्क र बाँकी न्यून शुल्लकमा संचालनमा आएको अस्पतालका कार्यकारी निर्देशक डा. युवानिधि बसौलाले बताए । उनले अस्पताल विगतमा भन्दा निकै सुधारको अवस्था र समय सापेक्ष टोकन सिस्टम, अनलाई टिकट सिस्टमा रहेको बताए । न्यून स्रोत साधन र जनशक्तिका बाबजुद पनि अस्पतालले गुणस्तरीय सेवा दिन सफल भएको बताए ।
सोही अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले अस्पतालको क्षमताले भ्याएसम्म बिरामीको चाप धानिरहेको बताए । अस्पतालका नर्सिङ इन्चार्ज सह प्राध्यापक वन्दना थापाले अस्पतालको भवन निकै पुरानो भएको र अस्पतालको क्षमता वृद्धि गर्नुपर्ने अवस्था रहेको बताइन् । सोही अवसरमा अस्पताल सेवामा ३५ वर्ष, २५ वर्ष सेवा प्रदान गरिसकेका चिकित्सक, कर्मचारीहरुलाई दीर्घसेवा पदकद्वारा सम्मान गरिएको थियो ।
अस्पतालको बार्षिकोत्सवको अवसरमा बिहीबार १ दिन उपचारका लागि आएका बिरामीले ओपिडी र इमरजेन्सी टिकट शुल्क तिर्न नपर्ने गरिएको थियो । यस्तै अस्पतालमा हुने सम्पूर्ण परीक्षण शुल्कमा ५० प्रतिशत छुट गरिएको कार्यक्रममा डा.बसौलाले जानकारी गराए ।
विसं १९९० डाइरेक्टर अफ मेडिकल सर्भिसेज अन्तर्गत हाल रोपवे टर्मिनल रहेको टेकुस्थित पाटीमा कलेरा अस्पताल स्थापना भएको हो । २०५३ साल माघ ११ गतेदेखि टेकु अस्पतालको नाम शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा परिणत भएको हो । हाल यो अस्पताल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहने गरी १ सय शय्याको ट्रपिकल तथा सरुवा रोगहरुको रिफरल अस्पतालको रुपमा सञ्चालनमा रहेको छ ।