प्रधान सेनापतिद्वारा वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको निरीक्षण

काठमाडौँ। प्रधान सेनापति अशोक राज सिग्देलले शुक्रबार पाँचखाल स्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको निरीक्षण भ्रमण गरेका छन् । सो क्रममा उनले तालिम केन्द्र लगायत विभिन्न मिसनमा तैनाथ हुन जाने युनिटहरूको वस्तुस्थिति तथा विविध पक्षहरूका बारेमा जानकारी लिई आवश्यक निर्देशन दिएका थिए ।

उक्त अवसरमा प्रधान सेनापतिले संयुक्त राष्ट्र संघको आव्हानमा निकट भविष्यमा सेन्ट्रल अफ्रिकन रिपब्लिक स्थित मिनुस्का मिसनमा खटिई जाने श्री रिपुमर्दन गण (शान्ति सेना) सातौँ डफ्फा र लेबनान स्थित युनिफिल मिसनमा खटिई जाने श्री सवुज गण (शान्ति सेना) ६६ औँ डफ्फाको प्रि डीप्लोमेन्ट ट्रेनिङ्ग (पीडीटी) को अन्तिम प्रवचन समेत गरे । मिनुस्का मिसनको लागि ६०० जना रयुनिफिल मिसनको लागि ८५० जना सकलदर्जाले सो तालिम सम्पन्न गरेका छन् ।

भ्रमणको दौरानमा प्रधान सेनापतिले शान्ति कार्य सम्बन्धी प्रदर्शनीको अवलोकन गर्नुको साथै सकलदर्जालाई सम्बोधन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us