एमाले निकट युवा संघको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको राष्ट्रिय कार्यकर्ता भेला आजबाट सुरू हुदैँछ । प्रज्ञा प्रतिष्ठान, काठमाडौंमा हुन गइरहेको सो भेलालाइ प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन सम्बोधन गर्नेछन् ।

शिक्षा, रोजगार, उद्यमशीलता तथा सामाजिक न्याय, समावेशिता र नवीनतामा आधारित योजनाहरूलाई अगाडी सार्दै युवालाई नीति निर्माणमा सहभागिता गराउने उद्देश्यले भेला आयोजना गरेको युवा सङ्घका महासचिव सुमन पुरीले जानकारी दिएका छन् ।

सो भेलामा १ हजार १ सय भन्दा बढी प्रतिनिधिले सहभागीता जनाउँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us