अध्यक्ष नेपालद्वारा स्थानीय चुनावका लागि भिडिओ सन्देश जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले छोडेर विद्रोह गर्ने अवस्था किन आयो भन्ने तथ्य र प्रमाणहरु सार्वजनिक गर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

एक भिडियो सन्देश जारी गर्दै अध्यक्ष नेपालले पार्टीमा विभाजन गर्नुपर्ने तथ्य र प्रमाणहरू जनतासामू पस्किन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्नुभएको हो । अध्यक्ष नेपालले आफ्नो पार्टीको नीति कम्युनिष्ट आन्दोलनको हितको खातिर अघि बढाएको पनि उल्लेख गरेका छन । एमालेलाई लक्षित गर्दै उनले त्यो कम्युनिष्ट पार्टीले बाटो बिराएको बताउनुभएको छ । नेपालले आफ्नो पार्टीको लक्ष्य चुनावदेखि चुनावसम्म नभई जनतादेखि जनतासम्म भएको बताउनुभयो ।

स्थानीय चुनावका लागि भिडिओ सन्देश जारी गर्दै नेपालले आफ्नो पार्टी गठनको औचित्यबारे जनतालाई भन्न आग्रह गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us